सल्यान ।
सल्यानमा चार जना सवार जीप भेरी नदीमा खसेको छ। प्रारम्भिक जानकारीअनुसार जीपमा सवार चार जनामध्ये दुई जना नदीबाट बाहिर निस्कन सफल भएका छन्।
जीप नदीमा खसेपछि दुई जनाको अवस्था अझै स्पष्ट हुन सकेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ।
नदीमा खसेको जीप तथा बेपत्ता हुन सक्ने व्यक्तिको खोजी तथा उद्धारका लागि थप प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनाको स्थान, जीपमा सवार व्यक्तिहरूको पहिचान तथा उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया