भाइको मायामा पार्वतीको मेरी दिदी


नायिका नीता ढुंगानाद्वारा निर्देशित फिल्म पार्वतीको लिरिकल गीत मेरो दिदी सार्वजनिक गरिएको छ। दिदीभाइको आत्मीय सम्बन्ध र रक्षाबन्धनको भावनालाई समेटिएको गीत ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीतमा अशोक दर्जीको पनि स्वर रहेको छ। उनी यस फिल्मको अभिनेता पनि हुन्। सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीलाई अभिनय गराइएको छ। कारुणिक भाव व्यक्त गरिएको यो गीतमा दिदी भाइको माया पोखिएको छ। रक्षाबन्धनका समयमा दिदीभाइको माया गा“सिएको कुराले दर्शकलाई भावुक बनाउ“छ। गीतको शब्द र भिडियोले मेल खाएको छ।

नीता ढुंगानाकै निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुंगाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका क“डेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका छन्। सुदीप बरालको छाया“कन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

यसअघि यो फल्मको नौ तुनाको रेल बोलको गीत रिलिज रिलिज भएको थियो। गीत रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका छन् भने शब्द रचना हर्क साउदको रहेको छ। दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। फिल्म आगामी भदौ १२ गते रिलिजमा आउनेछ।