कति बस्छौं माइतीघर र आश्रम सार्वजनिक


कलाकार देवकुमारी खड्गीका दुई फरक सिर्जना एकैपटक सार्वजनिक भएका छन्। प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई केन्द्रमा राखिएको गीत कति बस्छौ माइतीघरको भिडियो र आश्रम नामक सर्ट फिल्म राजधानीको जय नेपाल हलमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।

रवीन्द्र शाहीको निर्देशनमा तयार भएको कति बस्छौ माइतीघरमा किशोर कुमार शाही र देवकुमारी खड्गीको स्वर रहेको छ। म्युजिक भिडियोमा श्रीतिका श्रेष्ठ र अभिषेक श्रेष्ठले अभिनय गरेका छन्। प्रेम, सम्बन्ध र जीवनका भावनात्मक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतमा किशोर कुमार शाहीकै संगीत छ भने सुमन कपालीले संगीत संयोजन गरेका छन्। भिडियोको छाया“कन तथा सम्पादन ओमप्रकाश अवस्थी ईश्वरले गरेका छन्। नृत्य निर्देशन राजन शाहीको रहेको छ।

सोही अवसरमा समाज र मानवीय जीवनका संवेदनशील पाटालाई केन्द्रमा राखिएको सर्ट फिल्म आश्रम पनि सार्वजनिक गरिएको छ। फिल्ममा विजय केसी, निरु बुढामगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। चादनी, शेरबहादुर डीसी र दीपक कपाली अतिथि कलाकार छन् भने रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारका रूपमा अभिनय गरेका छन्। आश्रममा कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीको रहेको छ। इन्द्र खड्गी निर्माता रहेको फिल्म देवकुमारी खड्गीको प्रस्तुतिमा तयार भएको हो।

कार्यक्रममा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले दुवै सिर्जनाले मनोरञ्जनसँगै नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।