रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रीतिमा वर्षाको भेलले बगाउँदा एक बालकको निधन भएको छ । मङ्गलवार साँझ विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय ५ वर्षीय सुशान्त सुनुवारको बर्खे भेलले बगाउँदा निधन भएको हो ।
स्थानीय चण्डेश्वरी मावि प्रीति च्यादलुको इसिडिमा अध्ययनरत सुनुवारको मङ्गलवार अन्दाजी ५ बजे तिर भेलले बगाएको उमाकुण्ड गाउँपालिका वडा न: ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले जानकारी दिए ।
विद्यालयमा अध्ययन गरेर घर फर्किने क्रममा बालक अचानक सडकमा बगिरहेको ठुलो भलको चपेटामा परेका थिए। भीषण वर्षापछि सडकभरि तीव्र गतिको भेलले बालकलाई तानेर सडक किनारको ठुलो ठाडो छाँगा (भीर) बाट तल खसालेको थियो।
छाँगाबाट तल खसालेपछि गम्भीर चोट लागेका बालकको घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। घटना बारे थप अनुसन्धान भई रहेको रामेछाप प्रहरीले जनाएको छ ।











प्रतिक्रिया