फिल्म झिँगे दाउ २ को हालै मात्र सार्वजनिक टिजरले युट्युबसँगै सामाजिक सञ्जालमा पनि आक्रामक भ्युज र चर्चा पाएको छ। ५ दिनअघि मात्र सार्वजनिक टिजरले युट्युबमा मात्रै १० लाख भ्यूज पार गरेको छ भने फेसबुक र टिकटकमा यसको भ्यूज १ करोडभन्दा बढी पुगेको छ।
टिजरमा समावेश नायिकाद्वय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्यले सामाजिक सञ्जालमा विशेष चर्चामा आएको छ। केकी र आँचलले रुखमै चढेर गरको झगडाको दृश्यलाई दर्शकले रुचाएपछि उक्त क्लिप सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको हो।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको टिजरमा जेठानी–देउरानीको झगडा, दाजुभाइबीचको कलह र आमाको छटपटीलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। पारिवारिक कलहसँगै आमाको महत्वलाई कथाको केन्द्रमा राखिएको फिल्म असोज २ गतेबाट रिलिजमा आउने तयारीमा छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाद्वारा निर्मित फिल्मले पारिवारिक सम्बन्ध, कलह र आमाको भावनात्मक पक्षलाई पर्दामा प्रस्तुत गरिएको छ।आमाको भावनात्मक पक्षलाई पर्दामा प्रस्तुत गरिएको छ।











प्रतिक्रिया