सुरेन्द्रकुमार उप्रेती नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष हु्नुहुन्छ।नाडाले ५० वर्षे यात्राका क्रममा १८ औँ संस्करणको नाडा अटो सो आयोजना गर्दैछ।दुई सयभन्दा बढी स्टलमार्फत नया“ प्रविधि, विद्युतीय तथा अन्य सवारी साधन, कम्पोनेन्ट्स र बिक्रीपछिका सेवासहित अटोमोबाइल क्षेत्रका विविध पक्षलाई एउटै थलोमा प्रस्तुत गर्ने तयारी गरेको छ । यस सन्दर्भमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीस“ग नेपाल समाचारपत्रका लागि सुनील महर्जन गरेको कुराकानीको सम्पादित अंशः–
नाडा अटो ‘शो’ तयारी कुन चरणमा पुगेको छ ?
नाडा अटो शो हाम्रो जहिले पनि सभ्य र भव्य हुन्छ ।यो मेला गाडीको लागि मात्रै हुने प्रदर्शनी होइन ।नाडा अटो शो भनेको अटोमोबाइल क्षेत्रको एउटा कुम्भ मेला हो।नाडा अटो शो हेरिसकेपछि मानिसहरूले अब दसै“ लाग्यो भन्ने अनुभूति गर्न सकून्, सबैलाई दसै“को माहोल र छनक दिन सकोस् भन्ने हिसाबले पनि यो शो आयोजना गर्दै आएको छौ“।
यसपटक हुन लागेको ‘शो’ पहिलाभन्दा के फरक हुनेछ ?
नाडाले हरेक वर्ष नया“–नया“ प्रविधि र आधुनिक प्रविधिहरूलाई प्राथमिकता दि“दै आएको छ।शो मा अहिलेका नया“ प्रविधिका ईभी, हाइब्रिड गाडी, नया“–नया“ प्रविधिमा आधारित गाडीहरू, ब्याट्री तथा चार्जिङ प्रविधि, त्यसैगरी दुईपाङ्ग्रे सवारी साधन, कम्पोनेन्ट्सलगायत सबै कुरा एउटै छानामुनि हेर्न र बुझ्न पाइन्छ।अहिलेको प्रविधि के हो र भविष्यको प्रविधि कस्तो हुन्छ भन्नेबारे जानकारी दिने काम नाडा अटो शो ले गर्छ।त्यसैले यो केवल व्यापार वा मेला मात्र होइन।हामीले यो मेला प्रविधिको हस्तान्तरण गर्न र प्रविधिको जानकारी दिनका लागि गर्ने हो।त्यसकारण हरेक वर्षको नाडा अटो शोे अघिल्लो वर्षभन्दा फरक हुन्छ।नया“–नया“ प्रविधि र नया“–नया“ उत्पादनहरू थपि“दै जान्छन्।त्यसमा नाडाका स्टलहरू र विभिन्न कम्पनीका आकर्षक प्रस्तुति तथा गतिविधिहरू पनि हुन्छन् । त्यसमा नाडाका आफ्नै स्टलहरू हुन्छन् । विभिन्न कम्पनीका प्रस्तुति र गतिविधिहरू पनि हुन्छन्।त्यसैले समग्रमा यसपटकको नाडा अटो शो पनि नया“ प्रविधि बुझ्ने, हेर्ने र अनुभव गर्ने एउटा राम्रो अवसर हुनेछ।
अहिले हुन लागेको अटो शो मा विभिन्न सवारी साधन प्रदर्शनीस“गै के के विषयमा छलफल हुनेछ ?
यसपालि पनि हामीले सवारी साधनकै विषयलाई केन्द्रमा राखेर विभिन्न पक्ष समेटेका छौै“।अटो शो भनेको सवारी साधनको बारेमा जानकारी दिने र नयँ“–नया“ प्रविधि तथा सवारी साधनबारे जानकारी लिन सकिने ठाउ“ पनि हो।त्यसैले हामीले यसपालि पनि ती विषयलाई प्राथमिकताका साथ अगाडि बढाएका छौ“।यसपालि हामीले विशेष गरी नेपाली उत्पादन र ईभीका बारेमा कुरा गर्ने छौ“। ड्राइभिङ र बीमास“गै अटोमोबाइल क्षेत्रका विभिन्न विषयलाई पनि समेटेका छौ“।त्यस्तै, सडक सुरक्षा र थप पूर्वाधारका बारेमा पनि छलफल गर्ने छौ“।अर्को महत्वपूर्ण विषय भनेको नया“–नया“ सवारी साधन र त्यसको इकोसिस्टम हो।अहिले सवारी साधन भनेको गाडी किन्ने र चलाउने कुरामा मात्र सीमित छैन।त्यसस“ग जोडिएका धेरै पक्ष छन्।त्यसैले ती सबै विषयलाई पनि हामीले छलफलमा समेटेका छौ“।सबैभन्दा जरुरी कुरा भनेको रोजगारी र अटोमोबाइल क्षेत्र हो।यो क्षेत्रले देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पु¥याइरहेको छ।त्यसैले अटोमोबाइल क्षेत्र, सवारी साधनको बिक्री, बिक्रीपछिको सेवा र सवारी साधनस“ग सम्बन्धित सम्पूर्ण विषयलाई समेटेर यसपालिको अटो शो आयोजना गर्ने छौ“।
यससग जोडिएको बैंकिङ सेक्टर, बीमाको क्षेत्रको अवस्था कस्तो छ ?
बैंकिङ क्ष्ँेत्र, बीमाको सेक्टरमा हेर्नुहुन्छ भने अहिले इतिहासकै सबैभन्दा सस्तो ब्याजदर छ।तर सस्तो ब्याजदर हु“दाखेरि पनि जुन किसिमले सवारी साधनको बिक्री हुनुपर्ने हो, त्यो किसिमले बिक्री भइरहेको छैन।सस्तो ब्याजदर भए पनि मान्छेले सवारी साधन किन्नुपर्ने हो नि त।तर सवारी साधन किनिरहेको छैन।किनभन्दा अहिले मान्छेले गाडी किन्नको लागि एउटा माहोल मिल्नुपर्छ।देशको अर्थतन्त्रलाई हेरेर मान्छेले गाडी किन्ने हुन्छ।त्यसले गर्दा जबसम्म देशको अर्थतन्त्र सकारात्मक रूपमा अगाडि बढेको महसुस गर्ने छैन, तबसम्म त्यो कुराको लागि चाहेर पनि मान्छेले सवारी साधन किन्ने सक्ने भए पनि नकिन्ने स्थिति हुन्छ। अहिले नेपालमा त्यही भइरहेको छ।
अहिले ईभी गाडीको विषयलाई लिएर अनेक शङ्का उपशङ्काले हेर्ने गर्छन् किन होला ?
कुनै पनि चीज नया“ आइसकेपछि त्यसलाई आवश्यकताभन्दा बढी हामी ओभरसेन्सेसन गछौ“।तपाई“ले घरमा एउटा कुनै पनि नया“ चीज लिएर जानुभयो भने तपाई“लाई अरू चीजमा ध्यान हु“दैन,त्यही नया“ चीजमा फोकस गर्नुहुन्छ।तर नेपालमा ईभी अब नया“ होइन।सवारी साधनमा आजको दिनमा चारपाङ्ग्रामा हेर्नुहुन्छ भने ७० देखि ८० प्रतिशतसम्म सवारी साधन ईभीमा बिक्री भइसकेका छन्।अर्को कुरा, ईभी किन त नेपालको लागि ? मान्छेले जतिसुकै कुरा गरे पनि ईभीको लागि हामी यति धेरै प्रश्न किन गर्छौै“ भन्ने कुरा मैले बुझ्न सकेको छैन।किनभने अहिले नेपालको आवश्यकता भनेको ईभी नै हो।हिजो कुनै बेला ठूलो इन्जिन हुन्थ्यो, बिस्तारै घट्दै गएर अरू इन्जिन आउन थाले।अहिले ईभी छ।ईभीका फाइदाहरू पनि छन्।हामी बेफाइदाहरू धेरै हेर्छौै“, फाइदालाई ध्यान दि“दैनौ“।अहिले ईभी भएको थिएन भने तपाई“ र म अहिले अन्तर्वार्ता दि“दै गर्दा तपाई“ कुनै पेट्रोल पम्पमा लाइनमा हुनुहुन्थ्यो, म कुनै अर्को पेट्रोल पम्पको लाइनमा बस्नुपर्ने अवस्था रहन्थ्यो।यो हामीले महसुस गरेको कुरा हो।तर ईभीको कारणले गर्दा नेपालमा जुन इन्धन इम्पोर्ट थियो,त्यसलाई कम गर्न सम्भव भएको तपाई“ले देखिरहनुभएको छ।
ब्याजदर सस्तो हुदाहुदै पनि गाडीको बिक्री किन बढ्न सकेको छैन?
पछिल्लो पिरियडमा गाडीको अवस्था बिस्तारै रूपान्तरित हु“दैछ। हामीले पहिला देखिरहेका गाडीहरू पहिले डिजेल–पेट्रोलका गाडी थिए नि त, अहिले ईभीमा बिस्तारै रूपान्तरित हु“दैछ।तर पनि गाडीको बिक्री त्यति धेरै बढेको छैन, तर क्रमिक रूपमा बढ्दैछ। केही बढिरहेका छन् भने केही घटिरहेका छन् । यो समय–परिस्थितिअनुसारको मागलाई हेरेर बिस्तारै क्रमिक रूपमा सुधार हु“दै जाने हो।बैंकिङमा र बीमाको कुराहरू भन्ने हो भने त मलाई लाग्छ सबैभन्दा सहज र सरल छ।
तर यसमा एउटै मात्र समस्या के छ भने गाडीको बिक्री नबढ्नुको कारण एउटा रिस्क वेटेजको कुरा छ।त्यो पहिला हामीलाई १ सय २५ प्रतिशत थियो, अहिले घटेर त्यसमा १ सय प्रतिशतमा आएको छ।त्यस्तै गरेर अर्को भनेको एलटीभी रेसियो हो।जुन एलटीभी रेसियो छ, अब ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने जुन कुरा छ त्यसमा सरकारले पहिलाको जस्तै ८० प्रतिशत, ८५ प्रतिशतसम्म फाइनान्स गर्ने र डाउन पेमेन्टलाई कम गरेर १५ देखि २० प्रतिशतभन्दा बढी नगर्ने हो भने सवारी साधनको बिक्री आफै“ बढिहाल्छ।त्यसैले अहिले मुख्य कुरा ब्याजदर मात्रै होइन।ब्याजदर त इतिहासकै सस्तो अवस्थामा छ।मुख्य कुरा भनेको मान्छेले गाडी किन्न सुरुमा गर्नुपर्ने डाउन पेमेन्ट हो।त्यो कम हुने हो भने बजारमा माग बढ्छ र सवारी साधनको बिक्री पनि आफै“ बढिहाल्छ।
ईभीको चार्जिङ पूर्वाधारको अवस्था कस्तो छ?
गाडीको बिक्रीअनुसार जुन हिसाबले चार्जिङको सङ्ख्या बढ्नुपर्ने हो, त्यो बढेको छैन।तर बढ्दै नबढेको भने होइन।जति पनि सवारी साधन आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणले हाइवेमा ठाउ“–ठाउ“मा चार्जिङको पूर्वाधार बढाइरहेको छ त्यो पर्याप्त भने होइन।अब आवश्यकताअनुसार चार्जिङ स्टेसन बढाउनुपर्छ।चार्जिङ भनेको आजको दिनमा राम्रो चीज हो। एउटा मान्छे स्वरोजगार बन्न चाहन्छ भने पनि उसले चार्जिङ राखेर स्वरोजगार बनिरहेको छ।होटलहरूमा पनि व्यवसाय बढाउनका लागि चार्जिङ स्टेसन राखेका छन्।त्यसले पनि केही न केही योगदान दिएको छ।तर त्यो पर्याप्त भने होइन।अझै बढाउन सक्ने सम्भावना छ।नेपालभरि चार्जिङ स्टेसनहरू छन्, साथीहरूले पनि धेरै राख्नुभएको छ, तर अपर्याप्त छ, पुगेको छैन। त्यसैले आवश्यकताअनुसार बढ्नुप¥यो।अब हामी जुन सानो खालको चार्जरभन्दा फास्ट चार्जिङतिर जानुपर्ने बेला भयो।
नाडाको ५० वर्षे यात्रालाई हेर्दा व्यवसायीबीचको एकता र संस्थागत एकीकरणलाई तपाईले कसरी हेर्नुभएको छ?
मलाई लाग्छ व्यवसायीहरूबीच एकता जहिले पनि हुन्छ, भइराखेको पनि छ।कुनै कुरामा सन्तुष्टि नहुन सक्छ।त्यति मात्रै हो।सन्तुष्टि, असन्तुष्टि भन्ने कुरा बिस्तारै समय–परिस्थिति आएपछि हुन्छ।एउटै घरमा बसिसकेपछि पनि सामान्य कुराहरूमा उतार–चढाव भइरहन्छ।तर व्यवसायीबीच एकता छैन, व्यवसायीबीच खिचातानी छ भन्ने कुरा चाहि“ गलत हो।समय–परिस्थिति आइसकेपछि तपाई“ले देखिरहनुभएका संरचनाहरू पनि एकीकृत हु“दै जान्छन्।नाडाको ५० वर्षको एउटा विरासत छ।अहिले हामी १८ औ“ संस्करणको अटो शो गर्दैछौ“।
दुई सयभन्दा बढी स्टल छन्, जहा“ तपाई“ले सवारी साधन मात्रै होइन, सवारी साधनस“ग सम्बन्धित हरेक कम्पोनेन्ट, बिक्रीपछिको सेवासमेत त्यही“ देख्न पाउनुहुन्छ।नेपालमै उत्पादन भएको ब्याट्री, टायर, लुब्रिकेन्ट नेपालमा बन्छ भन्ने कुरा कसले कल्पना गरेका थिए र ? अहिले ती सबै कुरा भइरहेका छन्।नाडा सबैलाई एउटै ठाउ“मा ल्याएर एउटै थलोमा देखाउन सक्ने संस्था हो। नाडा नेपालका सातवटै प्रदेशमा संरचना रहेको, तीन हजारभन्दा बढी सदस्य भएको संस्था हो।संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएर आज ५० वर्षको स्वर्ण जयन्ती मनाइरहेका छौ“।केही कुरामा असन्तुष्टि हुन सक्छ, केही विभेद् जस्तो लाग्न सक्छ।तर समय–परिस्थिति आएपछि सबै एक हुन्छन्।निकट भविष्यमै असन्तुष्ट हुनुहुने साथीहरूलाई सन्तुष्ट बनाएर हामीस“ग ल्याउने कोसिस गछौ“।त्यसमा हामी सबै सफल हुन्छौ“ ।त्यसका लागि तपाई“हरूले पनि आफ्नो ठाउ“बाट प्रयत्न र प्रयास गर्नुहोस्। मलाई लाग्छ, हामी अवश्य सफल हुन्छौ“।
अटो शोमा आउनेमध्ये कतिले सवारी साधन किन्ने गर्ने गरेका छन् ?
हामी त अटो शो, अटो मेला भन्छौ“ ।त्यहा“ तपाई“ले अनुभव गर्ने, सवारी साधन किन्न आउनेलाई एउटै थलो पनि दिने हो। तर किन्न आउनेले किन्दैन भने नआउनु भन्न पनि मिलेन नि।उसले अनुभव पनि गर्न पाउनुप¥यो। उसलाई अनुभव गराउने थलो हो। बिक्री पनि गछौ“ हामी त्यहा“नेर। बुकिङ पनि गर्छौै“ र बुकिङ गर्न नसक्नेहरूलाई पनि त्यो अनुभव प्रदान गर्छौै“ त्यहा“।त्यही भएर यो तपाई“–हामी सबैको शो हो। सवारी किन्नका लागि मात्रै होइन, सवारी हेर्नका लागि पनि शो हो। यो प्रविधिमैत्री शो हो।
आजको पविधि मात्र नभई अब आउने पछिल्लो प्रविधिको बारेमा पनि जानकार हुनका लागि शो हो।सवारी साधनको बारेमा जानकारीस“गै सडक सुरक्षाका बारेमा जानकारी गराउने थलो पनि हो।यो जानकारी लिने र दिने थलो हो।प्रविधिका बारेमा, प्रविधिस“गस“गै वातावरणका बारेमा धेरै कुरालाई एउटै थलोमा ल्याएर जानकारी दिनका लागि गर्ने हो।त्यही भएर हामी बिक्रीपछिको सेवालाई पनि बिक्रीको बेलामा जति ध्यान दिएका छौ“, त्यत्तिकै ध्यान दिन्छौ“।
नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत के के काम गरिरहेको छ?
हामी व्यापार व्यवसाय गर्न, कमाउनका लागि मात्रै नाडा होइनौ“।नाडाको काम भनेको सडकमा सुरक्षित यात्रा गर्न र सवारी साधनको प्रयोगबाट कसैले पनि दुःख नपाओस् भन्नका लागि सरकार र व्यवसायीहरूको कुरा लिएर नीतिगत तहमा लैजाने एउटा बृ्रजको काम गर्ने हो।अब आउने इनोभेसनका कुरा पनि भनौ“ – सवारी साधनको बिक्रीस“गसगै बिक्रीपछिका सेवाहरूलाई पनि हामी त्यत्तिकै महत्व दिन्छौ“। कुनै ग्राहकले सवारी साधन किनिसकेपछि उसले त्यसको सुविधाबाट वञ्चित नहोस् भन्ने कुरामा पनि हामी ध्यान दिन्छौ“।
सरकारले कुनै पनि सवारी साधन भित्र्याउनुभन्दा अगाडि र भित्रिसकेका सवारी साधनको व्यवस्थापन र बिक्री कसरी गर्न सकिन्छ भन्ने विषयमा काम गर्ने संस्था पनि हामी हौ“।त्यही भएर हामी एसोसिएसनको रूपमा जहिले पनि नेपालमा ट्राफिकस“ग समन्वय गरेर, हाम्रा नाडाका प्रदेश संरचनामा रहेका प्रदेशका सदस्यहरूस“ग रहेर कर, भन्सार, एनसीटी, राजस्व, एकाउन्टेबिलिटीको बारेमा काम गरिरहेको हुन्छ।त्यसस“गै नेपालमा सवारी साधनसम्बन्धी दक्ष, सीपमूलक जनशक्ति तयार गर्ने काम पनि हामीले नाडाबाट गरिरहेका छौ“ ।हरेक वर्ष हामी प्रदेश संरचनामा मेकानिकल प्रोडक्सन गर्ने र गाडी, सवारी साधनका बारेमा जानकारी गराउने काम गर्छौै“।
नाडा अटो शो को टिकटमा यसपटक के–कस्तो छुट छ?
५० औ“ वर्षमा अर्ली बर्ड भनेर ५० प्रतिशत छुट भनेर आएको हो। टिकटको मूल्य दुई सय रुपैया“ हो भने अहिले सय रुपैया“मा टिकट पाइन्छ। विद्यार्थीलाई पनि २५ प्रतिशत छुट छ।हामीले ५० वर्ष मनाइरह“दा टिकट बेचेरै कमाउनुपर्छ भन्ने हामीलाई छैन। टिकट बेचेरै कमाउने हो भने त टिकटको पैसा पूरै राख्थ्यौ“ नि। अहिले त छुट छ। सबैले अटो शो मा आएर अनुभव गर्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।











प्रतिक्रिया