काठमाडौं, (नेस) ।
काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक जाम, अव्यवस्थित सार्वजनिक यातायात र सडक पूर्वाधारलाई दीर्घकालीन रूपमा सुधार गर्ने लक्ष्यसहित तयार गरिएको ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ सार्वजनिक गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयको सहयोगमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार पारेको यो गुरुयोजनाले सन् २०५० सम्मलाई लक्षित गर्दै उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, दिगो र आधुनिक बनाउने मार्गचित्र प्रस्तुत गरेको छ।
गुरुयोजनामा सडक तथा यातायात सुधारका ३५ वटा कार्यक्रम समेटिएका छन्। यसअन्तर्गत महाराजगञ्ज र चाबहिल–गौशाला क्षेत्रमा अन्डरपास, चाबहिल–बागमती तथा त्रिपुरेश्वर–माइतीघरमा एलिभेटेड हाइवे, चक्रपथ विस्तार, नयाँ पुल निर्माण, नदी करिडोर स्तरोन्नति, साइकल लेन, पार्किङ व्यवस्थापन तथा ट्राफिक सुरक्षा सुधारका योजना प्रस्ताव गरिएका छन्।
गुरुयोजनाले सार्वजनिक यातायातलाई कम्पनी मोडलमा सञ्चालन गर्ने, उच्च क्षमताको बस प्रणाली विस्तार गर्ने तथा पैदलयात्री र साइकलमैत्री पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको छ।











प्रतिक्रिया