प्रिमयर शोमै प्रशंसा पाएको फिल्म फिल्म कमला मिस आज शुक्रवारबाट देशभर रिलिजमा आउने भएको छ।
ख्यातिप्राप्त निर्माता, निर्देशक, लेखक, गीतकार तथा अभिनेता नीर शाहद्वारा निर्देशित फिल्मले राजधानीको जयनेपाल हलमा हालै आयोजित प्रिमियर शोमा प्रशंसा पाएको थियो। प्रिमियरमा सहभागी फिल्मकर्मी, शिक्षाविद्, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वले फिल्मको विषयवस्तु, प्रस्तुति र सन्देशको खुलेर प्रशंसा गरेका छन्।
ख्यातिप्रापत साहित्यकार तथा नाटककार विजयबहादुर मल्लको चर्चित कृति कोही किन बरबाद होस्बाट प्रेरित फिल्मले बालमनोविज्ञान, आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी र स्नेह पाएपछि जीवनमा आउने परिवर्तनलाई भावुक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया प्रिमियर शोका सहभागीले दिएका छन्। उनीहरूका अनुसार फिल्मले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।
फिल्मलाई साहित्य, समाज र शिक्षालाई एउटै कथामा जोड्ने अर्थपूर्ण प्रयासका रूपमा पनि हेरिएको छ। प्रिमियरमा सहभागी अधिकांशले फिल्मले भावुक बनाउनुका साथै जीवनका महत्वपूर्ण पक्षबारे सोच्न बाध्य बनाएको प्रतिक्रिया दिएका छन्। फिल्ममा निर्देशक नीर शाहस“गै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुवेदी (भोला), सञ्जय खतिवडालगायतका कलाकारको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। किरण तुलाधरको पाश्र्व संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शिवराम श्रेष्ठको छाया“कन र मिलन विक्रम शाहको सम्पादन रहेको फिल्म एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।











प्रतिक्रिया