सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट


काठमाडौं।

सिद्धार्थ बैंक र पोखरास्थित बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार लेकसाइड, पोखरामा रहेको बर पीपल रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

यस्तै, नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले भने १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

यस सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका अनुसार यस सुविधासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।