काठमाडौं ।
अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा भएको मतदानको आधारमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।
कुल १,१७९ अंक प्राप्त गर्दै मेस्सीले फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इंग्ल्यान्डका जुड बेलिंघम (४७० अंक) लाई पछि पार्दै यो सफलता हासिल गरेका हुन् । एआईपीएस कार्डधारी तथा विश्वकप हटलाइन कार्यक्रममा सहभागी पत्रकारहरूले पहिलो, दोस्रो र तेस्रो स्थानका आधारमा गरेको मतदानबाट जुलाई १३ मा २० खेलाडीको सूचीबाट मेस्सी सर्वोत्कृष्ट चुनिएका हुन् ।
विश्वकप इतिहासमा ६ संस्करण खेल्ने सीमित खेलाडीमध्ये एक ३९ वर्षीय मेस्सीले २०२६ को विश्वकपमा आफ्नो उमेरलाई चुनौती दिँदै आठ खेलमा आठ गोल र चार असिस्टमार्फत अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए । यद्यपि उपाधि खेलमा स्पेनसँग पराजित भएपछि उनले यो पीडा निको हुन समय लाग्ने भावुक प्रतिक्रिया दिएका थिए । प्रतियोगितामा ऐतिहासिक कीर्तिमानहरूको वर्षा गर्दै मेस्सी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता (२१ गोल) बनेका छन् । उनीसँगै सर्वाधिक १२ असिस्ट, ३४ खेल, २३ जित, १७ नकआउट खेल र दुईपटक गोल्डेन बल जित्ने एकमात्र कीर्तिमान जोडिएको छ जसमा यसपटक उनले सिल्भर बल प्राप्त गरे ।
यसैबीच, प्रतियोगितामा १० गोल गर्दै कुल २२ गोलका साथ विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान र लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फ्रान्सलाई सेमिफाइनलसम्म पुर्याए भने २३ वर्षीय इंग्लिस मिडफिल्डर जुड बेलिंघमले सात गोल गर्दै विश्वकप इतिहासमा मिडफिल्डरतर्फ सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदै इंग्ल्यान्डलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेले।











प्रतिक्रिया