आज देशभर भारी वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। रातिको समयमा पनि देशका अधिकांश क्षेत्रमा बदली रही वर्षाको सम्भावना रहने जनाइएको छ।