आगामी भदौ २६ गते रिलिजमा आउने फिल्म अक्षराको कथाको संकेत गर्नेै पोस्टर सार्वजनिक गरिएको छ।
निर्माता उग्रसेन ढुंगानाको जन्मदिनको अवसर पारेर सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई प्रस्तुत गरिएको छ। उनीहरू विपरीत दिशातर्फ फर्किएको मुद्रा र अनुहारमा देखिएको गम्भीर भावले सम्बन्धमा आएको दूरी, असमझदारी, विछोड वा परिस्थितिले सिर्जना गरेको तनावको संकेत गर्छ। पृष्ठभूमिमा देखिएको धमिलो भीडले उनीहरूको व्यक्तिगत सम्बन्धमा समाजको प्रभाव र दबाबसमेत झल्काएको छ।
यसले फिल्म सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ।क्षितिज बाबु प्रोडक्सन हाउसको ब्यानरमा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाद्वारा निर्मित फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सृष्टि खड्का, बालकलाकार रोनक खड्का र प्रीसा ढुंगानालगायतले अभिनय गरेका छन्।
अभिनेत्री न्यान्सी खड्काले यसअघि ब्लकबस्टर फिल्म १२ गाउ“मा अभिनय गरिसकेकी छन्। निर्माणटिमले कलाकारहरूले आप्mना भूमिकाका लागि विशेष मेहनत गरेका छन्। झन्डै डेढ महिनाको छाया“कनमा तयार भएको फिल्म विनयराज पौडेलले निर्देशन गरेका छन्। सोनी थापा (ढुंगाना) को प्रस्तुति रहेको फिल्ममा सुरज थापाकाजी र सुमनज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन्।
उग्रसेन ढुंगानाको कथा रहेको फिल्ममा पटकथा र संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेल, कोरियोग्राफी रामजी लामिछाने, द्वन्द्व निर्देशन शंकर महर्जन र छाया“कन दीपेन बस्न्यातको रहेको छ। फिल्म नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले देशभर वितरण गर्नेछन्।
फिल्म रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन सफल भएको छ। फिल्मको दक्षिण कोरियाको प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ। दक्षिण कोरियाली प्रदर्शन अधिकार केटीएम २ सोलले खरिद गरेको हो। यसस“गै दक्षिण कोरियामा रहेका नेपाली दर्शकले पनि फिल्म हेर्न पाउने भएका छन्।











प्रतिक्रिया