गायक एम बराल अस्वस्थ


लोकप्रिय गायक एम बराल अस्वस्थ भएका छन्। व्याक पेनको समस्यासग जुधिरहेका गायक बराललाई विभिन्न परीक्षणपश्चात मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पाइएको छ। हाल उननको त्रिभुवन शिक्षण अस्पतालको गणेशमान भवनका तेस्रो तल्लास्थित अर्थोपेडिक वार्डमा उपचार भइरहेको छ।

गायक बरालका भतिज सञ्जय बरालका अनुसार करिब १० दिनदेखि अस्पतालमा उपचारारत उनलाई हालसम्म पहिलो साइकलअन्र्तगतको २ डोज किमो दिइएको छ भने स्वास्थ्य अवस्था स्थिर रहेको छ। तत्काल शिक्षण अस्पतालमा नै उपचार जारी रहेको र आत्तिनु पर्ने अवस्था नरहेको सञ्जयले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्। शुभेच्छुक र संगीतकर्मीहरूले अस्पताल पुगेर उनको स्वास्थ्यलाभको कामना गरिरहेको छन्।