अन्तर्राष्ट्रिय मोडलिङ मञ्चसम्म पुग्ने अवसरका लागि ४२ युवा युवती मोडल प्रतिस्पर्धामा उत्रिएका छन्। मोडल हन्ट नेपाल २०२६ को फाइनल चरणका लागि अडिसनबाट २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी छनोट भएका हुन्।
छनोट भएका प्रतियोगीले अब करिब एक महिनासम्म व्यक्तित्व विकास, शारीरिक प्रस्तुति, ¥याम्प वाक, बडी ल्याङवेज, फोटोसुट र एक्सप्रेसनलगायतका विषयमा विशेष ग्रुमिङ प्रशिक्षण पाउनेछन्।
त्यसपछि उनीहरूले साउन ८ गते हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको विजेताले ५ लाख रुपैया“ बराबरको पुरस्कारसगै आगामी सेप्टेम्बरमा कम्बोडियाको मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएका छन्। नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिताको १० औं संस्करण हो।











प्रतिक्रिया