शताब्दी पुरानो यो कथा होइन


करिब एक शताब्दीअघिको नेपाली समाजको सामाजिक संरचना, जीवनशैली, जातीय विभेद र वर्गीय असमानतालाई केन्द्रमा राखेर टेलिसिरिज यो कथा होइनको निर्मँण गरिने भएको छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित एक कार्यक्रमका बीच सिरिज निर्माणको घोषणा गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि ख्यातिप्राप्त अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले लेखक, निर्देशक तथा अभिनेता श्रीप्रसाद थापाको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै सिरिजले दर्शकमाझ फरक छाप छोड्ने विश्वास व्यक्त गरे।

लेखक, निर्देशक तथा मुख्य अभिनेता थापाले सिरिज मनोरञ्जनमा मात्र सीमित नरही नेपाली समाजको इतिहास र यथार्थलाई प्रस्तुत गर्ने प्रयास भएको बताए। सिरिजमा कथा, लेखन, निर्देशन र मुख्य भूमिका श्रीप्रसाद थापाकै रहेको छ। छायाकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेल तथा सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ।