हेटौंडाकी रोजीलाई ग्राण्ड एसईई अवार्ड


हेटौंडा।

एसइई परीक्षा उत्तीर्ण विद्यार्थीबीचको प्रतिस्पर्धामा हेटौंडा–७ कि रोसमेरी थिङले काठमाडौंमा सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित ग्राण्ड एसइई अवार्ड–२०२६ को उपाधि जितेकी छन्।

हेटौंडा–७ मा रहेको तासिर इङ्लिस बोर्डिङ स्कुलबाट एसइई उत्तीर्ण गरेकी उनले उपाधिसहित नगद ५० हजार प्राप्त गरेकी छिन्। विजेता थिङले निःशुल्क २ वर्षेे एयरहोस्टेज, २ वर्षे कलाकारिता तालिमसहित पुरस्कार हात पारेकी छन्। अध्ययनस“गै कलाक्षेत्रमा पनि लगाव रहेको बताउने उनले करियरमा दुवै पक्षलाई समेटेर अघि बढाउने जनाएकी छन्।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, फेशन शो तथा मनोरञ्जनात्मक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।