काठमाडौं
नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन् ।
भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी हुन् ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार अन्तिम दिन नेपालले थप १–१ स्वर्ण र रजत पनि जितेको छ । पुरुष ८० केजीमा सगेन्द्र सिंहले स्वर्ण जिते । महिला टिम च्याम्पियनसिपमा नेपालले रजत प्राप्त ग¥यो । पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौं भए ।
प्रतियोगतामा नेपालले जम्मा ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो । यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए ।
दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्कणदेखि निरन्तर सहभागी नेपालको कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ । नेपाली टोली आइतबार स्वदेश फर्कदै छ ।











प्रतिक्रिया