प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति, आजै नियुक्ति हुने सम्भावना

4.23k
Shares

काठमाडौँ।

सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री रहेका प्रधानमन्त्री बालेन्द्र शाहले थापालाई उपकुलपति नियुक्त गर्ने निर्णय अन्तिम चरणमा पुर्‍याएको स्रोतले जनाएको छ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार थापाको नियुक्ति लगभग निश्चित भइसकेको छ। कुनै अप्रत्याशित परिवर्तन नभए आजै नियुक्तिपत्र दिइने सम्भावना रहेको स्रोतले जनाएको छ।

उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले प्रा.डा. भोला थापा, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।

प्रा.डा. थापा यसअघि काठमाडौँ विश्वविद्यालयका उपकुलपति रहिसकेका छन्।