काठमाडौँ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन म्याद थप गरिएको छ ।
बिहीवार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो । यसअघि विशेष अदालतले तीन दिनको म्याद थप गरेको थियो।
व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएका पहिलो पटक सात दिन म्याद थप गरिएको थियो । अर्थमन्त्री पदको दुरुपयोग गरी भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
यसैबीच पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा बिहीवार सुनुवाइ भएको थियो।











प्रतिक्रिया