पौडेलको रिटमा भट्टका चार मुद्दाको फाइल झिकाउन आदेश


काठमाडौं ।

सर्वोच्च अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि व्यवसायी दीपक भट्टका मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले भट्टसँग सम्बन्धित चारवटा मुद्दाको सक्कल फाइल झिकाई असार १८ गते एकसाथ सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। साथै, दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटको मिसिल पनि अवलोकनका लागि झिकाउन अदालतले आदेश दिएको छ।