काठमाडौं ।
नेकपा एमालेका नेता युवराज ज्ञवालीले केही नेताको भ्रष्ट आचरणका आधारमा मार्क्सवाद, कम्युनिस्ट आन्दोलन वा जनताको बहुदलीय जनवादलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको होइन, व्यक्तिको कमजोरी भएको बताए। भ्रष्ट नेताको व्यवहारलाई आधार बनाएर कम्युनिस्ट आन्दोलन समाप्त भएको भन्ने भ्रममा नपर्न उनले आग्रह गरे।
ज्ञवालीले नेताहरूमा कमजोरी हुन सक्ने स्वीकार गर्दै पनि मार्क्सवाद, वैज्ञानिक समाजवाद, कम्युनिस्ट आन्दोलन तथा जनताको बहुदलीय जनवाद अझै सान्दर्भिक रहेको दाबी गरे।











प्रतिक्रिया