ललितपुर ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य आधार भएकाले किसानलाई समयमै रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
साथै कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।











प्रतिक्रिया