काठमाडौं ।
लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.५४ अंकले घटेर २६३२ अंकमा बन्द भएको हो।
बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भयो। २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
नयाँ कम्पनी ऐन–२०८३ को मस्यौदामा सेयर हस्तान्तरणमा १ प्रतिशत शुल्क लगाउने प्रस्तावले पनि बजारमा नकारात्मक प्रभाव पारेको देखिएको छ। यद्यपि सम्बन्धित पक्षले उक्त प्रस्ताव फिर्ता हुने स्पष्ट पारेका छन्।
सोमबार सबै उपसूचक घटेका छन् भने स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। कारोबारका आधारमा ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् अग्रस्थानमा रहेका छन्।











प्रतिक्रिया