काठमाडौं ।
१०० शय्या क्षमता वा सोभन्दा माथिका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएपछि यस्तो बाटो खुलेको हो।
निर्देशनसँगै मापदण्ड पूरा गरेका संस्थाले सिट निर्धारणका लागि आयोगमा प्रक्रिया अघि बढाउन पाउने भएका छन्। यसबाट थप दुई हजारभन्दा बढी विद्यार्थीले पीसीएल नर्सिङ अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया