देशभर सामान्यदेखि पूर्ण बदली रहने, विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा


काठमाडौं । 

देशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मनसुन पूर्ण रूपमा सक्रिय भइसकेको छ भने बाँकी प्रदेशमा पनि आगामी दुईदेखि तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ।

सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने, विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई र मधेसका केही क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।