दर्ता नवीकरण नगरी सञ्चालित भरतपुर मेट्रो क्लिनिक बन्द

0
Shares

चितवन ।

चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको भरतपुर मेट्रो क्लिनिक प्रशासनले बन्द गराएको छ। स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त अनुगमन टोलीले शुक्रबार क्लिनिकमा पुगेर सञ्चालन रोक्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा क्लिनिक दर्ता तथा सञ्चालन प्रक्रियामा अनियमितता भेटिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेका अनुसार ‘भरतपुर मेट्रो क्लिनिक’का नाममा दर्ता भएको संस्था २०८१ सालसम्म मात्रै नवीकरण गरिएको थियो।

तर त्यसपछि पनि ‘नेशनल बाथरोग सेन्टर’का नामबाट सेवा सञ्चालन भइरहेको पाइएपछि तत्काल बन्द गराइएको हो। अनुगमन टोलीले स्वास्थ्य संस्था सञ्चालनका लागि कानुनअनुसार दर्ता तथा नियमित नवीकरण अनिवार्य हुने उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ।