काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम अवधारणामा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ। आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ।
तनहुँ र नवलपुरको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाअन्तर्गत बन्ने जलाशयमा क्रुज सेवा सञ्चालन, झरनाको दृश्य अवलोकन गर्न मिल्ने पाँचतारे होटल निर्माण तथा जलविद्युत् र पर्यटनलाई जोड्ने नमूना हाइड्रो–टुरिजम परियोजनाका रूपमा विकास गर्ने योजना रहेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया