काठमाडौं ।
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एसएचए–२२७ विमानमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
ककपिटमा धुवाँको संकेत देखिएपछि पाइलटले सुरक्षा सावधानी अपनाउँदै विमान भैरहवामा अवतरण गराएका हुन्।
विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार यात्रुहरू हाल विमानस्थलमै रहेका छन् भने कम्पनीले काठमाडौंबाट अर्को विमान पठाएर उनीहरूलाई धनगढी लैजाने तयारी गरेको छ। घटनाको कारणबारे थप प्राविधिक जाँचपछि मात्र स्पष्ट हुने जनाइएको छ।











प्रतिक्रिया