‘प्रतिगमन पराजित गर्न सबै लोकतान्त्रिक–वाम शक्ति एक हुनुपर्छ’ : ओली


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको परिस्थितिमा समाजवाद निर्माणभन्दा पहिले ‘प्रतिगमन’ लाई पराजित गर्नु मुख्य कार्य भएको बताएका छन्। जननेता मदन भण्डारीसम्बन्धी विचार गोष्ठीमा बोल्दै उनले सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई कार्यगत एकतामार्फत एकजुट भएर अघि बढ्न आग्रह गरे।

ओलीले वामपन्थी शक्तिमाथि चरित्र हत्या गर्ने प्रयास भइरहेको दाबी गर्दै एमालेका नीति सही रहेको जिकिर गरे। उनले आफ्नो पार्टी जबज (जनताको बहुदलीय जनवाद) लाई समयानुकूल परिमार्जन गर्दै अघि बढिरहेको पनि बताए।