काठमाडौं ।
काठमाडौंमा नर्भिक इन्टरनेशनल अस्पतालको आयोजनामा तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय न्युरो–अन्कोलोजी सम्मेलन ‘न्युरो–अन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। असार १२ र १३ गते आयोजित उक्त सम्मेलनमा नेपाल र भारतका ख्यातिप्राप्त न्युरोसर्जन, अन्कोलोजिस्ट, रेडियोलोजिस्ट तथा अन्य विशेषज्ञहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा मस्तिष्क ट्युमरको निदान, शल्यचिकित्सा र उपचारमा भएका नयाँ प्रविधि तथा वैज्ञानिक प्रगतिबारे कार्यशाला र वैज्ञानिक सत्रहरू सञ्चालन गरिएका थिए। न्युरोनाभिगेसन, कनेक्टोमिक्स र इन्ट्राअपरेटिभ नर्भ मोनिटरिङजस्ता आधुनिक प्रविधिबारे पनि छलफल भएको थियो।
कार्यक्रममा न्युरोसर्जरी क्षेत्रमा योगदान पुर्याएका नेपाल र भारतका वरिष्ठ विशेषज्ञहरूलाई सम्मान गरिएको थियो। समापन समारोहमा बोल्दै नर्भिकका संरक्षक बसन्तकुमार चौधरीले यस्ता सम्मेलनले नेपालमा न्युरो–अन्कोलोजी सेवाको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। आयोजकले सम्मेलनले विशेषज्ञबीच सहकार्य र उपचार सेवाको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।











प्रतिक्रिया