काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्ति र देशभक्तहरूबीच सहकार्य तथा एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताएका छन्।
काठमाडौंमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय स्वाधिनता, निरंकुशताविरुद्ध र वैदेशिक हस्तक्षेपको विरोधमा वामपन्थी शक्तिहरू छिटो एक हुनुपर्ने आवश्यकता औंल्याए।
उनले पार्टी एकता तत्कालै गर्नुपर्ने नभए पनि कार्यगत एकतामा ढिलाइ गर्न नहुने स्पष्ट पारे। विचार मिल्नेहरूबीच सहकार्य ढिला हुँदा ठूलो दुर्भाग्य हुन सक्ने उनको भनाइ थियो।
प्रचण्डले वर्तमान सरकारमाथि संविधानका आधारभूत मूल्य र उत्पीडित समुदायमाथि प्रहार गर्न खोजेको आरोप पनि लगाए। साथै, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै त्यसको प्रतिवादका लागि एकता आवश्यक रहेको उनले बताए।











प्रतिक्रिया