रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार


काठमाडौं ।

मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अनुसन्धानकर्ता रमेश रुछेन राईलाई प्रदान गरेको छ।

राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो। पुरस्कारस्वरूप उनलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनले मदन भण्डारीको व्यक्तित्व, विचार र राजनीतिक योगदानसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ।