तीन–चार दिनभित्र देशभर मनसुन फैलिने, भारी वर्षा र हुरीको चेतावनी


काठमाडौं ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा मनसुन सक्रिय रहेको तथा आगामी तीनदेखि चार दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभर पनि मनसुन विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।