काठमाण्डाै ।
नेपाल साहित्यििक पत्रकार सङ्घ केन्द्रीय समितलले शनिबार काठमाण्डाैमा तीन जना साहित्यिक पत्रकारहरुलाई सम्मान गरेकाे छ ।


वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा तुलसी भट्टराईकाे प्रमुुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा उहाँले साहित्यिक पत्रकारहरुले विभिन्न भाषाका साहित्यिक पत्रिकाहरु प्रकाशन भैरहेकाे र सम्मान गरेकाेमा खुसी व्यक्त गर्दै साहित्यिक पत्रकारिता स्वेच्छाले गरेकनेले यसकाे विकास र निरन्तरताकालागि सबै पक्षले सहयाेग गर्नु पर्ने बताउनु भयाे ।
नेपाल साहित्यिक पत्रकार सङ्घकाे २०अैाँ वार्षिकाेत्सवकाे अवसरमा काठमाण्डाैकाे कमलादीस्थितत नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा तीन जना साहित्यिक स्रष्टाहरुलाई सम्मान गरिएकाे छ । साे कार्यक्रमका प्रमुुख अतिथि तथा नेपाल प्रहृा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा तुलसी भट्टराई र नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष माेहन दुवालले सम्मानित सबैलाई दाेसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नु भएकाे छ ।
साे अवसरमा मरणाेपरान्त नेपाल साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष स्व नहकुल सिलवाललाई उउहाँकी जीवन संगिनी सुनिता सिलवालले सम्मान ग्रहण गर्ननु भएकाे छ ।
यसैगरी सम्मानित हुनेहरुमा नुवाकाेटकी स्रष्टा सुमित्रा सुमी, र राई वान्तवा भाषाकाे मातृभाषी पत्रिका वाङ्खामाका प्रकाशक सम्पादक पदम राईलाई राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएकाे छ ।
कार्यक्रममा स्व नहकुल सिलवालका बारेमा नवराज रिजाल, सुमित्रा सुमीका बारेमा रामसुन्दर देउजा र पदम राईका बारेमा गणेश राईले संक्षिप्त जीवनी प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष रामप्रसाद पन्त, साहित्यपाेष्ट डटकमका प्रधान सम्पादक अश्विनी काेइराला , स्व नहकुल सिलवालकी जीवन संगिनी सुनिता सिलवाल, दाजु केदार सिलवाल लगायतले मन्तव्य दिएकन थिए । कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताका बारमा मन्तव्य दिनु भएकाे थियाे ।
कार्यक्रम नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष माेहन दुवालकाे अध्यक्षतामा र महासचिव चेतनाथ धमलाकाे सञ्चालनमा भएकाे थियाे।











प्रतिक्रिया