देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका केही क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा तथा राति बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।