काठमाडौं ।
ब्रिटिश काउन्सिल नेपालले २५ जुन २०२६ मा काठमाडौंमा आयोजित IELTS पार्टनर समिट २०२६ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने IELTS दर्ता साझेदारहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा अप्रिल २०२५ देखि मार्च २०२६ सम्म IELTS दर्तामा उल्लेखनीय योगदान पुर्याएका १५ साझेदार तथा संस्थालाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो।
प्लाटिनम पार्टनर अवार्ड ओर्बिट मेडिकल एन्ट्रेन्स प्रा. लि.. ले प्राप्त गरेको छ भने शीर्ष संघ पुरस्कार ECAN लाई प्रदान गरिएको छ। कार्यक्रममा ब्रिटिश काउन्सिलका अधिकारीहरूले IELTS मार्फत नेपाली विद्यार्थी तथा पेशेवरहरूलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी र बसाइँसराइका अवसरसँग जोड्न साझेदारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कम्प्युटरमा आधारित IELTS सेवा विस्तारसँगै थप लचिलो र सहज परीक्षा प्रणाली उपलब्ध गराइने बताएका छन्।











प्रतिक्रिया