राजस्व सङ्कलन लक्ष्यको ७५.१७ प्रतिशत, १९ दिनमा ३.६८ खर्ब उठाउनुपर्ने


काठमाडौं ।

चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी रहँदा सरकारले राजस्व सङ्कलन लक्ष्यको ७५.१७ प्रतिशत हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

चालु वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकाले बाँकी अवधिमा ३ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ सङ्कलन गर्नुपर्नेछ। यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने देखिएको छ।

यसैबीच कुल सरकारी खर्च १४ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ७१.५३ प्रतिशत हो।