काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो


काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता बर्डफ्लु (एच५एन१) संक्रमण तीव्र रूपमा फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ भने नियन्त्रणका लागि पाँच लाख ६९ हजारभन्दा बढी पक्षी तथा ठूलो परिमाणमा अण्डा र दाना नष्ट गरिएको छ।

विभागले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा विशेष निगरानी बढाएको जनाएको छ। किसानलाई जैविक सुरक्षा मापदण्ड पालना गर्न, नियमित खोप लगाउन तथा अस्वाभाविक रूपमा पन्छी बिरामी वा मरेमा तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।