विकल्पको माग गर्दै दृष्टिविहीन व्यवसायीको माइतीघरमा धर्ना


काठमाडौं ।

सडक पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूले वैकल्पिक कार्यस्थलको माग गर्दै मंगलबार काठमाडौंको माइतीघर मण्डला मा धर्ना दिएका छन्।

सरकारका विभिन्न निकायले सडक पेटीमा सञ्चालन गर्दै आएका व्यवसायमा धरपकड गरी जीविकोपार्जन गर्न नदिएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। दृष्टिविहीन व्यवसायीहरूले घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्यक्षेत्र बनाउनु आफ्नो रहर नभई बाध्यता भएको बताएका छन्।

उनीहरूले राज्यका निकायले जबरजस्ती हटाउन खोजेको भन्दै रोजगारीको उचित विकल्प उपलब्ध गराउन माग गरेका छन्। आन्दोलनरत व्यवसायीहरूले वैकल्पिक व्यवस्थाबिना हटाउने कार्य बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।