काठमाडौं ।
नेपाली हास्य क्षेत्रका परिचित कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्षरत शर्माको अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान निधन भएको जानकारी प्राप्त भएको छ।
हास्य कलाकार शिवहरि पौडेलका अनुसार शर्मा पछिल्ला केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए। उनी करिब सात वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका थिए।
टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत दर्शकमाझ लोकप्रिय बनेका शर्माले नेपाली हास्य मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनले विभिन्न टेलिफिल्म तथा चलचित्रमा अभिनय गरेका थिए भने ‘चतुरेको दाउपेच’ नामक चलचित्र निर्माणसमेत गरेका थिए।











प्रतिक्रिया