सकियो क्याप्टेन साब


निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माणाधीन फिल्म क्याप्टेन साबको छायाँकन सकिएको छ।
पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी रामेश्वर थापाको जीवनमा आधारित बायोपिक फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा रहेका छन्।

निर्देशक खनालले यसअघि फिल्म धनपतिमा पनि खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए। त्यसयता यी तीन कलाकारको एउटै फिल्ममा यो दोस्रो सहकार्य हो। दीपेन्द्र र खगेन्द्र भने लामो समयदेखि विभिन्न फिल्ममा सहकार्य गर्दै आएका छन्।

पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको व्यानरमा निर्देशक खनाल र करण श्रेष्ठद्वारा निर्माणाधीन फिल्ममा दीपेन्द्रकै लेखन रहेको छ भने द्वन्द्व निर्देशन सम्राट बस्नेत र छाया“कन कृष्णबहादुर थापाको रहेको छ।
छाया“कन सम्पन्न भएस“गै निर्माण टिम पोस्ट–प्रोडक्सनको तयारीमा जुटेको छ।