विसाको ऐतिहासिक गोलले कंगोलाई दिलायो विश्वकपमा पहिलो अंक


काठमाडौं।

ह्युस्टनमा भएको विश्वकप खेलमा कंगोले उपाधि दाबेदार पोर्चुगलसँग १–१ को बराबरी खेल्दै इतिहास रचेको छ। खेलको छैटौं मिनेटमै जोआओ नेभेसको गोलबाट पछि परेको कंगोले पहिलो हाफको इन्जुरी समयमा योआने विसाको हेडरमार्फत बराबरी गोल फर्काएको थियो।

३० वर्षीय विसाको गोल कंगोको विश्वकप इतिहासकै पहिलो गोल बनेको छ। दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको उपस्थितिबीच विसाले गरेको ऐतिहासिक गोलले विश्व फुटबलमा कंगोको नाम नयाँ ढंगले चिनाएको छ।

एसिड आक्रमणको पीडा झेलेर मैदानमा फर्किएका विसाको संघर्षपूर्ण जीवनयात्राले उनको उपलब्धिलाई अझ विशेष बनाएको छ।