काठमाडौं
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्ड’को मिति तय भएको छ। समाजले असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम आयोजना गर्ने जनाएको छ।
बुधबार जारी विज्ञप्तिअनुसार ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ र ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ संयुक्त रूपमा एकै दिन प्रदान गरिनेछ। समाजले दुवै वर्ष प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण तथा मूल्यांकनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टाहरूको छनोट गरी विजेताको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ।
अवार्ड कार्यक्रमका मुख्य प्रायोजक महालक्ष्मी चक्की आटा रहेका छन् भने सह–प्रायोजकमा अन्नपूर्ण स्पाइकर (किङ्स फ्रेन्चाइज टिम अफ नेपाल भलिबल लिग) र ओएसआर डिजिटल रहेका छन्। नेपाल फिल्म क्याम्पसले पनि कार्यक्रममा सहकार्य गरेको छ।
क्रिटिक्स फिल्म अवार्ड २०८१ का विजेताहरू
उत्कृष्ट चलवचत्र – शाम्बाला
उत्कृष्ट निर्देशक – मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट अभिनेता – दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री – थिन्ले ल्हामो (शाम्बाला)
उत्कृष्ट पटकथा/लेखन – सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
उत्कृष्ट छायांकन – आलोक शुक्ला (आँखा)
उत्कृष्ट सम्पादन – जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
उत्कृष्ट साउण्ड डिजाइन – किशोर आचार्य (गाउँ आएको बाटो)
स्पेसल मेन्सन (अभिनय) – सुपला सापकोटा (बोक्सीको घर)
स्पेसल मेन्सन (कला निर्देशन) – रोशन दिवाना (पूर्णबहादुरको सारङ्गी)
क्रिटिक्स फिल्म अवार्ड २०८२ का विजेताहरू
उत्कृष्ट फिल्म – ऊनको स्वीटर
उत्कृष्ट निर्देशक – नवीन चौहान (ऊनको स्वीटर)
उत्कृष्ट अभिनेता – हरिवंश आचार्य (भूठान)
उत्कृष्ट अभिनेत्री – आना शर्मा (रमिताको पिरती)
उत्कृष्ट पटकथा – नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर)
उत्कृष्ट छायांकन – सुशन प्रजापति (भूठान)
उत्कृष्ट सम्पादन – अञ्जय खड्का (भूठान)
उत्कृष्ट पाश्र्व संगीत – कोविद बज्र (ऊनको स्वीटर)
समाजका अनुसार नेपाली चलचित्र क्षेत्रमा सिर्जनात्मक र प्राविधिक उत्कृष्टताको सम्मान तथा प्रवर्द्धन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो।











प्रतिक्रिया