काठमाडौँ ।
काठमाडौँस्थित प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विस्तृत छलफल गर्दै पारित गर्ने कार्यसूची तय गरिएको छ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
शिक्षा, विज्ञान तथा प्रविधि, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा लगायत मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा समेत छलफल हुने छ।
बैठकमा २० जना सांसदद्वारा दर्ता गरिएका खर्च कटौती प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछ। अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।











प्रतिक्रिया