देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका केही तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेसका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी, सुदूरपश्चिम तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहनेछ।