निर्देशक एभरेष्ट सूर्य बोहराको नया फिल्म चमेलीको पोइ दशैंको अवसर पारेर आगामी असोज १६ गते रिलिजमा आउने भएको छ।
पारिवारिक कमेडी जनरामा निर्मित फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, अंशु महर्जन, खड्गबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य, बिन्दु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्। चर्चित हास्य कलाकार नारायण त्रिपाठी यही फिल्ममार्फत झण्डै दुई दशकपछि ठूलो पर्दामा पुनरागमन गर्दैछन्। फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्यायद्वारा निर्मित फिल्ममा निर्देशक बोहराकै कथा तथा लेखनमा शिवम् अधिकारीको सहकार्य रहेको छ। मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छाया“कन गरिएको फिल्ममा लेखन एभरेष्ट सूर्य बोहरा र शिवम अधिकारी, संगीत राजनराज शिवाकोटी र आशिष अविरल, कोरियोग्राफी कविराज गहतराज र द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।
उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता, धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर तथा सुदीप कु“वर, सुमित्रा थापा, नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा र यमप्रसाद वली सहनिर्माता रहेको फिल्म आरआर फिल्म्स्ले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।











प्रतिक्रिया