काठमाडौं ।
काठमाडौं । अभिनेता अनमोल केसीकी आमा तथा अभिनेत्री–निर्मात्री सुस्मिता केसी पछिल्ला दिनमा सामाजिक सञ्जालमा आफ्नो थरलाई लिएर चर्चामा आएकी छन्। पूर्वपति भुवन केसीसँगको सम्बन्ध विच्छेदपछि लामो समय लाइमलाइटबाट टाढा रहेकी उनी पुनः आफ्नो नाम र पहिचानका कारण चर्चामा आएकी हुन्।
केही समयअघि सामाजिक सञ्जालमा उनले पुनः ‘केसी’ थर प्रयोग गरेपछि विभिन्न अड्कलबाजी र प्रश्नहरू उठेका थिए। यस विषयले चर्चा पाउन थालेपछि सुस्मिताले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै स्पष्टोक्ति दिएकी छन्।
उनका अनुसार ‘केसी’ थर केवल पारिवारिक नाम मात्र नभई आफ्नो कानुनी पहिचान र आत्मसम्मानसँग जोडिएको विषय हो। उनले आफ्नो छोराबाट कानुनी पहिचान प्राप्त गर्ने अवसर पाएको उल्लेख गर्दै त्यसप्रति गर्व महसुस गरेको बताएकी छन्।
सुस्मिताले लेखेकी छन् कि नेपालको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेर उनले कानुनी रूपमा ‘केसी’ थर प्रयोग गर्दै आएकी हुन्। उनले यो विषयलाई सामान्य थरको बहस नभई आफ्नो अस्तित्व र अधिकारसँग सम्बन्धित विषयका रूपमा प्रस्तुत गरेकी छन्।
उनको भनाइमा, “मेरो लागि छोरा र मेरो पहिचान सबैभन्दा मूल्यवान कुरा हुन्, र ‘केसी’ थर मेरो कानुनी तथा भावनात्मक पहिचान हो।”उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी छन्।











प्रतिक्रिया