दक्षिण भारतीय तथा बलिउड फिल्मकी चर्चित अभिनेत्री रश्मिका मन्दानाले आफ्नो सौन्दर्य र खुसीको रहस्य स्किनकेयर प्रोडक्ट नभई वरिपरिको सकारात्मक मानिसहरू भएको बताएकी छन्।
हालै उनले इन्स्टाग्राममा लाइभ आएर फ्यानहरूसँग अन्तरक्रिया गरेकी थिइन्। सो क्रममा एक फ्यानले उनको चम्किलो छालाको (ग्लोइङ स्किन) रहस्य सोध्दा उनले साधारण तर अर्थपूर्ण जवाफ दिएकी हुन्।
रश्मिकाका अनुसार, “तिमीहरू त्यस्ता मानिसहरूसँग बस, जसले तिमीभित्रको बच्चालाई जिउँदो राखोस् र सुरक्षित महसुस गराओस्। जब मानिसहरू खुशी र सुरक्षित हुन्छन्, तब स्वाभाविक रूपमा उनीहरूको जीवनमा सकारात्मक ऊर्जा देखिन्छ।”उनको भनाइअनुसार, मानसिक खुसी र सकारात्मक सम्बन्धले नै मानिसको व्यक्तित्व र बाहिरी रूप समेत उज्यालो देखिन्छ।
सोही लाइभ सेसनमा उनले व्यक्तिगत जीवनबारे आएका केही प्रश्नहरूको पनि जवाफ दिएकी थिइन्। एक फ्यानले उनको जीवनको सबैभन्दा खुसीको क्षणबारे सोध्दा उनले आफ्नो नजिकको साथीसँग विवाह गरेको अनुभवलाई जीवनको विशेष क्षणका रूपमा उल्लेख गरेकी थिइन्।
रश्मिका पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘ककटेल २’ लाई लिएर चर्चामा रहेकी छन्। अभिनय र लोकप्रियताका कारण उनी अहिले दक्षिण भारतीय र हिन्दी फिल्म उद्योगमा सबैभन्दा चर्चित अभिनेत्रीमध्ये एक मानिन्छिन्।











प्रतिक्रिया