बैंकक ।
थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको निधन भएको छ। उनी तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी थिइन्। थाई राजदरबारले उनको निधन भएको औपचारिक रूपमा पुष्टि गरेको हो। उनी ४७ वर्षकी थिइन्। राजदरबारका अनुसार बज्रकितियाभा सन् २०२२ डिसेम्बरमा कुकुरलाई व्यायाम गराउने क्रममा अचानक बेहोस भएकी थिइन्।
त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो, तर त्यसयता उनी कोमामै थिइन्। चिकित्सकहरूले उनको अवस्था गम्भीर हृदयगति असन्तुलनका कारण भएको बताएका थिए, जुन हृदयमा देखिएको संक्रमणसँग सम्बन्धित रहेको बताइएको थियो।
उनको निधनपछि थाई राजपरिवार तथा थाइल्याण्डमा शोकको वातावरण छ। राजदरबारले औपचारिक शोक अवधि घोषणा गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया