काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका एजेन्डाबारे भने सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। मन्त्रिपरिषद् बैठकबाट विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू हुन सक्ने बताइएको छ।











प्रतिक्रिया